+
+

धनुषाबाट एकजना नक्कली परीक्षार्थी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २३ गते १९:५५

२३ जेठ, धनुषा । जनकपुर उपमहानगरपालिका-४ स्थित मिथिला इन्स्टिच्यूट अफ टेक्नोलोजीमा सञ्चालन भइरहेको कक्षा १२ को अर्थशास्त्र विषयको परीक्षामा एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

धनुषाको मिथिला नगरपालिका-३ बस्ने १९ वर्षीय कुलदीप महतो सोमबार बिहान पक्राउ परेका छन् ।

धनुषाको मिथिला नगरपालिका-३ बस्‍ने नन्द किशोर महतोको ठाउँमा कुलदीपले परीक्षा दिइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट सक्कली प्रवेश पत्र र अर्थशास्त्र विषयको उत्तर पुस्तिकाको प्रतिलिपि बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?