+
+

सरकारले कारबाहीको चेतावनी दिएपछि इम्बोस्ड नम्बर जडान गर्नेको भीड बढ्यो

आर्यन धिमाल आर्यन धिमाल
२०७९ जेठ २४ गते १४:०३

२४ जेठ, काठमाडौं । सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सवारी धनीहरुको यातायात कार्यालय गुर्जुधारामा भिड बढेको छ ।

यातायात व्यवस्था विभागले बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनका धनीहरुलाई असार मसान्तभित्र इम्बोस्ड नम्बर जोडिसक्नु पर्ने र नजोडे कारबाही गर्ने चेतावनीयुक्त सूचना जारी गरेपछि यातायात कार्यालयमा भिड बढेको हो । आज बिहानदेखि गुर्जुधारामा एम्बोस्ड नम्बर दर्ता र जडान गर्नेहरुको लामो लाइन देखिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २२ कात्तिक २०७८मा राजपत्रमा सूचना प्रकाशित गरी संघीय सरकारको यातायात कार्यालयले नामाकरण भइसकेका प्रदेशहरुमा १ मंसिरदेखि नयाँ दर्ता भएका सवारी साधनमा, १ फागुनदेखि नामसारी गरिने सवारी साधनमा र १ जेठ २०७९ देखि सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक) नवीकरण गर्दा इम्बोस्ड नम्बर अनिवार्य गरिएको जनाएको छ ।

पर्याप्त तयारी नगर्ने तर राजस्व उठाउन मात्र चर्को शुल्कको इम्बोस्ड प्लेट जडानलाई अनिवार्य गर्न खोजेको भन्दै सरकारको आलोचना भइरहेको छ । यस विषयमा सामाजिक सञ्जालदेखि प्रतिनिधिसभाको बैठकसम्म सरकारको कार्यशैली र नियममाथि प्रश्न उठेको छ । सोमबार प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सेवाग्राहीलाई दिइएको धम्की खारेज गर्न, महंगो र गुणस्तरहीन इम्बोस्ड प्लेट वितरणको व्यवस्थामा पुनर्विचार गर्न सरकारसँग माग गरेका थिए।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे भने कार्यालय र सेवाग्राहीले इम्बोस्ड प्लेट जडान गर्न आनाकानी गरेकाले कारवाही गर्नुपर्ने अवस्था आएको बताउँछन् ।

हेर्नुस् तस्वीरहरु : 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?