+
+
Shares

अदुवाको भाउ ६२ प्रतिशतसम्म बढ्यो, किलोको कति ?

तथ्यांक अनुसार एक महिना अवधिमा अदुवाको भाउ ६२ प्रतिशतसम्म बढेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते १२:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो एक महिनामा अदुवाको थोक मूल्य ६२ प्रतिशतले बढेको छ।
  • असार १२ गते प्रतिकिलो औसत १३२ रुपैयाँमा कारोबार भएको अदुवा साउन १२ गतेसम्म आइपुग्दा २१५ रुपैयाँ पुगेको छ।
  • बजारमा अदुवाको थोक मूल्य न्यूनतम २०० देखि अधिकतम २३० रुपैयाँसम्म कायम भएको समितिले जनाएको छ।

१२ साउन, काठमाडौं । बजारमा अदुवाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले अदुवाको भाउ उकालो लागेको देखाएको हो ।

तथ्यांक अनुसार एक महिना अवधिमा अदुवाको भाउ ६२ प्रतिशतसम्म बढेको छ ।

१२ असारमा अदुवा प्रतिकिलो थोकमा न्यूनतम १ सय २० देखि अधिकतम १ सय ४० र औसत १ सय ३२ रुपैयाँमा किनबेच भएको थियो ।

१२ साउनमा आइपुग्दा अदुवाको भाउ औसत ८३ रुपैयाँले बढेर प्रतिकिलो थोकमा न्यूनतम २ सयदेखि अधिकतम २ सय ३० र औसत २ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?