+
+

नेशन्स लिगमा फ्रान्सको कमजोर सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २४ गते १३:४५

२४ जेठ, काठमाडौं । क्रोएसियासँग १–१ गोलको बराबरीमा रोकिएसँगै फ्रान्सले युईएफए नेशन्स लिगको सुरुवाती दुई खेलमा एक अंक जोड्न सफल भएको छ ।

शुक्रबार पहिलो खेलमा डेनमार्कसँग २–१ ले पराजित भएपछि प्रशिक्षक डिडियर डेसच्याम्पले क्रोएसियाविरुद्ध १० खेलाडी परिवर्तन गरेका थिए ।

विसम बेन यडरको पासमा एट्रियन र्याविअटले गोल गरी अग्रता दिलाएसँगै फ्रान्स जितको नजिक पुगेको थियो । तर , एन्डेरज क्र्यामेरिचले पेनाल्टीमार्फत बराबरी गोल फर्काएइ । जोनाथन क्लाउसको फललाई भिडियो असिस्टेन्ट रेफ्रीले पेनाल्टी करार गरेको थियो ।

अस्ट्रियालाई २–१ गोलले हराउँदै डेनमार्क यो समूहबाट ६ अंकसहित शीर्ष स्थानमा छ । अर्को वर्ष हुने नेशन्स लिगको फाइनलमा पुग्नका लागि फ्रान्सलाई कडा प्रतिस्पर्धाको सामना गर्नुपरेको छ ।

क्रोएसिया खेलमा जितको नजिक थियो । तर, वेष्टह्यामका निकोला ब्लासिचको प्रहार फ्रान्सका लागि पहिलोपल्ट सुरुवाती रोजाईमा परेका गोलरक्षक माइक मेगननले शानदार बचाउ गरे । लुका सुसिचको प्रहार पोष्ट नजिकैबाट बाहिरियो ।

फ्रान्सले सुरुवाती टिममा आर्सनलका माट्टेओ गेन्डुजी र विलियम सालिवा तथा आरबी लाइपजिगका क्रिष्टोफर एनकुन्कुले अवसर पाएका थिए । एष्टोन भिल्लाका बौबाकर कमाराले दोस्रो हाफमा फ्रान्सका लागि डेब्यू गरे ।

रियल मड्रिडका स्टार मिडफिल्डर लुका मोड्रिचले क्रोएसियाका लागि १५०औं खेल खेले ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?