+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

विद्युतीय गाडीको भन्सार महसुल पुरानै कायम गर्न नाडाको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २४ गते १७:१०

२४ जेठ, काठमाडौं । नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालले २०० किलोवाट क्षमताका विद्युतीय सवारी साधनको भन्सार तथा अन्तःशुल्क महसुल पुरानै व्यवस्था अनुसार कायम गर्न सरकारसँग माग गरेको छ ।

नाडाले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारले १०० किलोवाटभन्दा बढी क्षमताका विद्युतीय सवारी साधनहरुमा भन्सार तथा अन्तःशुल्क महसुल वृद्धि गर्नुले विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहनको सट्टा दुरुत्साहित गरेको बताएको छ ।

सरकारले विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याउन असार मसान्तसम्म निजी प्रयोजनका लागि गाडी आयातमा रोक लगाएको भएपनि यसले विदेशी मुद्रा सञ्चिति र शोधनान्तर स्थितिमा खाशै असर पार्ने नदेखिएकोले आयातमा गरिएको प्रतिबन्ध हटाउन पनि नाडाले सरकारसँग माग गरेको छ ।

सरकारले २०० सीसीभन्दा माथिका मोटरसाइकलमा अन्तःशुल्क तथा भन्सार महसुलमा अत्यधिक वृद्धि गरेका कारण त्यस किसिमका मोटरसाइकलको बिक्री वितरण गर्दे आएका अटोमोबाइल व्यवसायीहरुले व्यवसाय नै बन्द गर्नु पर्ने अवस्था आएको भन्दै उक्त निर्णयप्रति पूर्नविचार गर्न नाडाले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?