+

मनाङलाई हराउँदै पुलिस मकवानपुर गोल्डकपको सेमिफाइनलमा

२०७९ जेठ  २४ गते १९:४४ २०७९ जेठ २४ गते १९:४४
मनाङलाई हराउँदै पुलिस मकवानपुर गोल्डकपको सेमिफाइनलमा

२४ जेठ, हेटौंडा । मनाङ मस्याङ्दी क्लवलाई स्तब्ध पार्दै नेपाल पुलिस क्लव हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ ।

अन्जन बिष्ट, विमल घर्ती मगर, सुजल श्रेष्ठ, दिनेश राजवंशी, विशाल श्रेष्ठलगायतका चल्तीका खेलाडी लिएर मैदान प्रवेश गरेको मनाङलाई पुलिसले १–० गोल अन्तरले हराउँदै अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो ।

खेलको ३४ औं मिनेटमा भरत शाहले गरेको गोल नै पुलिसको जितमा निर्णायक बन्यो । मनाङका गोलरक्षक विशाल श्रेष्ठले फालेको बललाई नियन्त्रणमा लिँदै शाहले गरेको प्रहार गोल भएको थियो ।

४१ औं मिनेटमा मनाङले बराबरी गोल गर्ने मौका पाए पनि सदुपयोग गर्न सकेन । पुलिसका अजित भण्डारीले विमल घर्ती मगरलाई डीबक्स क्षेत्रमा लडाएपछि मनाङले पेनाल्टी पाएको थियो । अन्जन बिष्टको पेनाल्टी प्रहारलाई पुलिसका गोलरक्षक सत्रुघन चौधरीले बचाएका थिए ।

त्यसपछि मनाङले लगातार आक्रमण गरे पनि पुलिसका गोलरक्षक चौधरी बाधक बनेका थिए । उनले मनाङको करिब एक दर्जन प्रहारलाई निष्तेज बनाइदिएका थिए । खेलको म्यान अफ द म्याच उनै गोलरक्षक चौधरी भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

जारी प्रतियोगितामा बुधबार मकवानपुरको विजय युथ नव जनजागृति क्लव सिमराको खेल हुनेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन भैरहेको प्रतियोगिता ३० जेठसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल र विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा १२ क्लवको सहभागिता छ ।

नेपाल पुलिस क्लब मनाङ मर्स्याङदी क्लब शहीद स्मृति मकवानपुर गोल्डकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय