+
+

१५ पेनाल्टी गोलसहित केनले पूरा गरे इंग्लयाण्डका लागि ५० गोल

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २५ गते ११:४७

२५ जेठ, काठमाडौं । ह्यारी केनले इंग्ल्याण्डका लागि ५० गोल पूरा गरेका छन् । यूईएफए नेसन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा जर्मनीविरुद्ध पेनाल्टीमा गोल गर्दै केनले ५०औं गोलको कोशेढुंगा पूरा गरेका हुन् ।

उनी इंग्लयाण्डका लागि ५० गोल गर्ने दोस्रो खेलाडीसमेत हुन् । पूर्वकप्तान वायन रुनीले सर्वाधिक ५३ गोल गरेका छन् । केन इंग्ल्याण्डका लागि सर्वाधिक गोल गर्ने रुनीभन्दा अब ३ गोलले मात्र पछि छन् ।

लिग ए अन्तर्गत समूह ए को खेलमा जर्मनीविरुद्ध १-१ को बराबरी खेल्दा केनले पेनाल्टीबाट गोल गर्दै आफ्नो टिमलाई हारबाट जोगाएका हुन् । जर्मनीका निको सटरबकले केनलाई फल गरेपछि प्राप्त पेनाल्टीमा केन बफैंले गोल गरेका हुन् ।

पेनाल्टी किङ केनले इंग्ल्याण्डका लागि १५ गोल पेनाल्टीबाट गरेका छन् । उनले १८ पेनाल्टी प्रहार गर्दा १५ प्रहार गोलमा परिणत भएको हो ।

केनपछि फ्रान्क लाम्पार्डले इंग्ल्याण्डका लागि ९ गोल पेनाल्टीबाट गरेका छन् ।

केनले ३६ अन्तर्राष्ट्रिय गोल दायाँ खुट्टाले गर्दा ५ गोल बायाँ खुट्टाले गरेका छन् भने ९ गोल हेडमार्फत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?