+
+

सेयर बजारका समस्याबारे अध्ययन गर्न अर्थले बनायो समिति

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २५ गते १३:३४

२५ जेठ, काठमाडौं । अर्थ मन्त्रालयले सेयर बजारका समस्याबारे अध्ययन गर्न एक समिति गठन गरेको छ । समितिले आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति आउनु अगाडि नै समाधानका उपायसमेत समेटेर प्रतिवेदन दिने अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

मन्त्रालयका अनुसार धितोपत्र बोर्डका कार्यकारी निर्देशकलाई संयोजक तोकिएको छ । बोर्डकै एक प्रतिनिधिलाई सदस्य सचिव बनाउँदै अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबाट एक/एक जना प्रतिनिधि रहने गरी समिति गठन भएको स्रोतले जनाएको छ ।

अब अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले आफ्ना प्रतिनिधि तोकेसँगै समितिले काम थाल्ने भएको छ ।

बुधबार धितोपत्र बोर्डको वार्षिकोत्सव समारोहमा उपस्थित हुनु अगाडि अर्थमन्त्री जनार्दन शर्माले यस्तो समिति गठन गरेका हुन् ।

पछिल्लो समय सेयर बजार निरन्तर घटेसँगै लगानीकर्ताको मनोबल कमजोर बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?