+
+

भारतीय ब्याटर राजले लिइन् अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २५ गते १८:१२

२५ जेठ, काठमाडौं भारतीय ब्याटर मिथाली राजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएकी छिन् । ३९ वर्षीय राजले भारतीय महिला क्रिकेटको एक दिवसीय प्रतियोगितामा हालसम्मकै सर्वाधिक ७ हजार ८०५ रन बनाएकी छिन् ।

१६ वर्षको उमेरमा सन् १९९९ मा आयरल्यान्डमा भएको एकदिवसीय अन्तर्राष्ट्रियबाट डेब्यु गरेकी उनले डेब्यु खेलमा ११४ को अविजित पारी खेलेकी थिइन् । २०१९ मा टी–२० अन्तर्राष्ट्रियबाट सन्यास लिएकी उनी भारतीय महिला क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले टिमलाई २ पटकसम्म विश्वकपमा नेतृत्व गरेकी थिइन् ।

सन् २००५ बाट कप्तानी सम्हालेकी उनले आफ्नो ट्वीटर ह्याडलमा आफ्नो जीवनको २३ बर्ष चुनौतीपूर्ण र सुखद रहेको बताएकी हुन् । ‘मैले खेलेका हरेक खेलमा मैले भारतलाई जिताउनका लागि खेलें । भारतका लागि खेलें । आगामी दिनमा पनि यो खेलमा म आबद्ध भइ रहन मन पराउने छु जुन खेललाई म प्रेम गर्छु’, उनले लेखेकी छिन् ।

राजले गत २० वर्षयता तीन वटै फम्र्याटका ३०० भन्दा बढी खेल खेलिसकेकी छिन् । ती मध्ये १२ टेष्ट म्याच रहेका छन् । २००२ मा भएको टेस्ट म्याचमा १९ बर्षकी राजले व्याक्तिगत तर्फ २१४ रन बनाउँदै महिला टेस्टमा सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानमा रहेकी छिन् ।

२०१७ मा भएको विश्वकपमा इङ्ल्यान्डकी कप्तान सालोट एड्वार्सको रेकर्ड तोड्दै एकदिवसीयमा ६ हजार रन बनाउने पहिलो खेलाडी बनिन् । एकदिवसीय खेलमा उनले भारतीय क्रिकेटका लागि सात इनिङ्समा अर्धशतकीय पारी खेलेकी छिन् ।

उनले भारतीय क्रिकेटमा कीर्तिमानी १५५ खेलमा कप्तानी गरेकी छन् । एकदिवसीय खेलमा अब्बल उनले एकदिवसीयमा सर्वाधिक ६४ अर्धशतक र सात शतकीय पारीको रेकर्ड बनाएकी छिन् ।

तीन वटै फम्र्याटको खेलमा १० हजार ६ रन बनाउँदै विश्व महिला क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको रेकड समेत बनाइ सकेकी छिन् । उनको कप्तानीमा विश्वकप पुगेको भारतका लागि उनले दुवै पटक उपाधि भने जित्न सकिनन् । सन् २००५ मा अष्ट्रेलियासँग हारेको भारतले २०१७ मा इङ्ल्यान्डसँग ९ रनले पराजित हुँदै विश्वकपको उपाधी गुमाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?