
२५ जेठ, जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आ.ब. २०७९÷८० को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।
बुधबार बसेको प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको हो । २२ जेठमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
प्रस्तुत भएको नीति तथा कार्यक्रम उपर मंगलबार र बुधबार छलफल भएको थियो । छलफलका क्रममा सांसदहरुले आ–आफ्ना धारणा राखेका थिए । सांसदहरुबाट उठेको जिज्ञासालाई मुख्यमन्त्री लालबाबु राउतले सम्बोधन गरेका थिए ।
सम्बोधनपछि नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको सभामुख सरोज कुमार यादवले घोषणा गरे ।
नीति तथा कार्यक्रम पारित हुनुअघि सांसदहरु परमेश्वर साह, दिलिप साह, बाबुलाल साह, सुन्दर बहादुर विकले दर्ता गराएको संशोधन प्रस्ता फिर्ता लिएका थिए । उनीहरुले मुख्यमन्त्रीको सम्बोधनले आफ्नो कुरालाई समेटेको बताएका थिए ।
प्रतिक्रिया 4