+
+

नेसन्स लिगमा नेदरल्याण्ड्सको लगातार दोस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २६ गते ६:५४

२६ जेठ, काठमाडौं । नेदरल्याण्ड्सले युइएफए नेसन्स लिगमा लगातार दोस्रो खेल जितेको छ । लिग ए अन्तर्गत समूह ए को खेलमा नेदरल्याण्ड्सले बुधबार राति वेल्सलाई २-१ ले हरायो ।

पहिलो खेलमा केल्जियमलाई पराजित गरेको नेदरल्याण्ड्स ६ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

वेल्सको कार्डिफ सिटी मैदानमा भएको खेलमा टेउन कोपमेइनर्सले ५०औं मिनेटमा गोल गर्द नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए ।

नेदरल्याण्ड्स जित नजिक पुगिसकेको बेला वेल्सले इन्जुरी टाइममा बराबरी गोल फर्कायो । नरिङटन डेभिसले इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा पुर्‍याए । तर इन्जुरी टाइमको चौथो मिनेटमा वेस वेघर्स्टले गोल गर्दै डच टोलीलाई २-१ को जित दिलाए ।

वेल्स लगातार दवस्रो हारपछि अंङ्कविहीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?