+
+

वैज्ञानिक भन्छन्- मलाशयको क्यान्सर निको पार्ने औषधि पत्ता लाग्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २६ गते ८:४३
साशा रोथ । उनी औषधिको प्रयोगबाट मलाशयको क्यान्सर निको भएको पहिलो बिरामी हुन् ।

२६ जेठ, काठमाडौं । किमो र रेडिएसन विना मलाशयको क्यान्सर निको पार्ने औषधि पत्ता लगाएको वैज्ञानिकहरुले बताएका छन् ।

न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिनका अनुसार हालसालै मलाशयको क्यान्सरबाट पीडित केही बिरामीलाई डस्टरलिमाब (Dostarlimab) नामक औषधिको क्लिनिकल परीक्षण गरिएको थियो । यो उपचारबाट केवल ६ महिनामा क्यान्सर पूर्णरूपमा निको भएको पाइएको रिपोर्टमा उल्लेख छ ।

यो उपचार अहिले परीक्षणको अवधिमै रहेकाले आम नागरिकका लागि कहिलेदेखि बजारमा उपलब्ध हुन्छ भन्ने प्रस्ट छैन । यो औषधि अनलाइन बजारमा भने उपलब्ध छ । यो औषधिको एक मात्राको मूल्य ११ हजार डलर पर्छ ।

भविष्यमा यसको उत्पादन बढेपछि मूल्यमा गिरावट हुने अपेक्षा गरिएको छ । अहिलेका लागि यो औषधि केवल मलाशयमा हुने क्यान्सरका लागि मात्र प्रयोग गरिएको छ ।

अनुसन्धानका लेखक डा. लुइस ए डियाजका अनुसार क्यान्सरको इतिहासमा पहिलोपटक कुनै औषधिबाट बिरामी निको भएका छन् । अहिलेसम्म क्यान्सर पूर्णरूपमा निको हुने कुनै औषधि बनेको थिएन ।

क्यालिफोर्निया युनिभर्सिटीका डा. एलन पी विनुकले क्यान्सरसम्बन्धी अनुसन्धानमा हरेक बिरामी ठीक हुनु आफैंमा नयाँ कुरा हो ।

न्यूयोर्क टाइम्समा प्रकाशित समाचार अनुसार यो अनुसन्धानमा रहेका सबै बिरामीले यसअघि नै किमोथेरापी, रेडिएसन र शल्यक्रिया गराइसकेका थिए । यसको असरको रूपमा उनीहरूले पिसाब र यौनसँग जोडिएका समस्या पनि भोगिरहेका थिए । तर कुनै पनि बिरामीलाई डस्टरमिलाब औषधिको साइड इफेक्ट देखिएन ।

डस्टरमिलाब प्रयोगशालामा बनाइने यस्तो औषधि हो जसले एन्टीबडीको विकल्पको रूपमा काम गर्छ । क्यान्सरसँग जुधिरहेका बिरामीको प्रतिरोध क्षमता कमजोर बन्छ । यस्तो अवस्थामा बिरामीलाई रोगसँग लड्न बाहिरी औषधिको सहयोग आवश्यक हुन्छ ।

यो औषधिलाई प्रयोगमा ल्याउन अमेरिका र यूरोपमा २०२१ मा अनुमति मिलेको थियो । यसलाई टेसारो कम्पनीले २०२० मा बनाउन सुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?