+
+

रक्षा, अर्थ, शिक्षा र खानेपानी मन्त्रालयको खर्च एक रुपैयाँ कायम गर्न एमालेको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २६ गते ११:१९

२६ जेठ, काठमाडौं । नेकपा एमालेले रक्षा, अर्थ, शिक्षा र खानेपानी मन्त्रालयको खर्च कटौती गरेर एक रुपैयाँ कायम गर्न प्रस्ताव गर्ने भएको छ । आजको प्रतिनिधि सभा बैठकमा एमाले सांसदहरुले रक्षा, अर्थ, शिक्षा र खानेपानी मन्त्रालयको खर्च कटौतीको प्रस्ताव गर्ने भएका हुन् ।

संसद सचिवालयले सार्वजनिक गरेको आजको बैठकको कार्यसूचीमा यज्ञराज सुनुवारले शिक्षा मन्त्रालयको, सूर्यप्रसाद पाठकले खानेपानी मन्त्रालयको, भीम रावलले अर्थ मन्त्रालयको र नवराज सिलवालले रक्षा मन्त्रालयको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ ।

आजको बैठकमा सत्ता गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य दुगौ पौडेलले र नेमकिपाका प्रेम सुवालले पनि यी चार मन्त्रालयको खर्च कटौतीको प्रस्ताव गर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?