+
+

सभामुखद्वारा अर्थमन्त्री बिरामी भएको जानकारी, भीम रावलको व्यंग्य

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २६ गते १३:२१

२६ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठकमा बजेटमाथि जारी छलफलमा अर्थमन्त्री जनार्दन शर्मा अनुपस्थित भएको विषयले चर्चा पाएको छ ।

अर्थ मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश गर्न र बजेटको विषयगत छलफलमा आफ्ना धारणा राख्न रोष्टममा उभिएका नेकपा एमालेका सांसद भीम रावलले अर्थमन्त्री अनुपस्थित भएकोबारे प्रश्न उठाए ।

रावलले प्रश्न उठाएपछि सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री बिरामी भएको आफ्नै आँखाले देखेकाले आजलाई विदा दिएको र शिक्षा मन्त्रीले मन्त्रालयका विषयमा आएका प्रश्न टिपोट गर्ने जानकारी गराउँछन् ।

रावलले बजेट बनाउने थकानका कारण पनि अर्थमन्त्री बिरामी परेको हुनसक्नै भन्दै अर्थमन्त्रीको स्वास्थ्य लाभको कामना गर्छन् र व्यंग्य गर्दैै आजै राम्रो अस्पतालमा लगेर, आजै ठिक बनाएर जानकारी दिन आग्रह गर्छन् ।

संसद बैठकमा सभामुख सापकोटा र एमाले नेता रावलबीच संक्षिप्त सवाल जवाफसमेत हुन्छ ।

रावल : यो जवाफदेही व्यवस्था हो भन्ने कुरा म नेपाल सरकारलाई स्मरण गराउन चाहान्छु । देशको अर्थतन्त्र संकटग्रस्त छ । हामी यसमा छलफल गर्दै छौं । अर्थमन्त्री जी हुनुहुन्न ।

सभामुख : माननीय सदस्य, अर्थमन्त्री आउनु भएको थियो । मेरो आँखाले नै देखें । उहाँ अस्वस्थ भएर मसँग विदा मागेर जानु भएको छ । शिक्षा मन्त्रीलाई आफ्नो मन्त्रालयमा उठेका कुरा टिपोट गर्न भनेर जानु भएको छ । यो मानवीय कुरालाई ख्याल गरौं ।

रावल : (व्यंग्य) उहाँलाई बजेट बनाउँदा थकाइ पनि लाग्यो होला । यो सदनबाट माननीय अर्थमन्त्रीको सुस्वाथ्यको कामना गर्न चाहन्छु । उहाँलाई काठमाडौंको सबैभन्दा राम्रो, यो बजेटमा उठेका प्रश्नको जवाफ दिने गरी उहाँको राम्ररी स्वास्थ्य परीक्षण गराइ, स्वस्थ बनाई हामीलाई जानकारी गराइयोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?