
२६ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलिङ प्रशिक्षक धम्मिका प्रसादलाई दोस्रो पटक पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ ।
श्रीलंकाको कोलम्बोस्थित अमेरिकी दूतावासमा दोस्रो पटक कागजपत्र पेस गर्दा पनि कुनै उत्तर नआएको भन्दै उनले ट्वीट गरेका छन् । उनले नेपाली टिमसँगै अमेरिका पुग्नका लागि यसअघि पनि भिसा आवेदन दिएका थिए । तर दूतावासले भिसा दिएको थिएन ।
क्रिकेट विश्वकप लिग टू खेल्न अमेरिकामा रहेको नेपाली टिमलाई प्रशिक्षण दिन जान खोजेका धम्मिकाले टिममा समावेश हुन नपाउँदाको दुःख व्यक्त गर्दै ट्वीट लेखेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘मैले धेरै पटक विश्वकप लिग टूका लागि भिसाको प्रयास गरें, मेरो टिमले आज अमेरिकामा पहिलो खेल खेल्दैछ । म भने यहाँ बसेर उनीहरुको खेल प्रत्यक्ष प्रसारणबाट हेर्न बाध्य भएको छु ।’
भौतिक रुपमा नै दुई पटक अमेरिकी दूतावास धाउँदा पनि उत्तर नपाएको उनले ट्वीटमा लेखेका छन् । नेपालले विश्वकप लिग टूमा ओमानसँग खेल्दैछ ।
ओमानमा भएको चार देशीय टी-२० सिरिज र टी-२० विश्वकप ग्लोबल क्वालिफायरसहितका प्रतियोगितामा धम्मिकाले नेपाली खेलाडीलाई बलिङको प्रशिक्षण दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4