
काठमाडौं । सात महिना लामो विवादास्पद र बहुचर्चित ‘गार्जियनसिप’को मुद्दाबाट मुक्त भएपछि हलिउड पपस्टार ब्रिट्नी स्पेयर्सले बिहीबार प्रेमी साम अस्गरीसँग विवाह गरेकी छन् ।
उनीहरु पाँच वर्षदेखि प्रेम सम्बन्धमा थिए । तर ‘गार्जियनसिप’को कानुनी मातहतमा बस्नुपरेकाले ब्रिट्नीलाई विवाह गर्न अनुमति थिएन । जुन ९ मा लस एन्जलसस्थित समारोहमा दुवै जनाले विवाह गरेका हुन् ।
गत वर्ष अदालती बयानमा ४० वर्षे अभिनेत्रीले १३ वर्षदेखिको कथित ‘गार्जियनसिप’का कारण आफूले बिहे गर्न र बच्चा जन्माउन नपाएको गुनासो गरेकी थिइन् । नोभेम्बरमा ‘गार्जियनसिप’बाट ब्रिट्नीलाई मुक्त गरिएको केही समयपछि उनले आफू गर्भवती भएको बताएकी थिइन् । तर मे महिनामा गर्भको बच्चा खेर भएको खुलासा गरिन् ।
बिहेको केही समयअघि ब्रिट्नीका पूर्वपतिले गेट तोडफोड गर्दै भित्र पस्ने प्रयास गरेका थिए, तर सुरक्षाकर्मीले रोके । उनीहरुलाई स्थानीय प्रहरीले पक्राउ गरेको बीबीसीले जनाएको छ ।
सन् २०१६ मा म्युजिक भिडियो स्लम्बर पार्टीको सुटिङ सेटमा अस्गरीसँग ब्रिट्नीको पहिलोपटक भेट भएको थियो । उनीहरुले गत सेप्टेम्बरमा इन्गेजमेन्ट गरेका थिए ।
प्रतिक्रिया 4