+
+

आफ्नै घरको पाँचौं तलाबाट खस्दा युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २८ गते १६:१०

२८ जेठ, काठमाडौं । काठमाडौंको सीतापाइलामा आफ्नै घरको छतबाट खस्दा एक युवकको मृत्यु भएको छ ।

शनिबार दिउँसो नागार्जुन नगरपालिका ४ सीतापाइलाका ३७ वर्षका जितेन्द्र श्रेष्ठ पानी भर्ने क्रममा चिप्लेर पाँचौं तलाबाट खस्दा गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि सीतापाइलाको शुभेच्छा अस्पताल लगिएको र अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?