+
+

एमालेजस्तो देशका लागि मरिमेट्ने पार्टी कुनै छैन : ओली

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २८ गते २०:१०

२८ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाहेक देशका लागि मरिमेट्ने अर्को पार्टी नभएको दावी गरेका छन् ।

स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण गर्न सहयोग गरेका कलाकारहरुको सम्मानमा शनिबार पार्टीले आयोजना गरेको कार्यक्रममा ओलीले एमालेबाहेक अरु दलसँग देशको हितमा लड्ने विचार नभएको बताए ।

‘एमालेजस्तो देशलाई माया गर्ने, देशको हितमा लडने र देशका निम्ति मरिमेटने अर्को पार्टी छैन । कसैसँग यस्तो विचार छैन । एमाले बाहेक कसैले समृद्ध नेपालः सुःखी नेपाली भनेको सुन्नु भएको छ ? कसैले भन्दैनन्’ उनले भने ।

एमालेबाहेक अरु कुनै पार्टीले राष्ट्रियताको कुरा नगरेको पनि ओलीले जिकिर गरे । ‘नेपालको भूमि सामेल गरेर नक्सा बनाउन एमाले चाहियो । उत्तरतिरबाट बाटो खोल्न एमाले चाहियो । हाम्रो जमिन डुब्यो, खोल्न एमाले चाहियो । हाम्रो सिमाना सारियो, ठीक बनाउन एमाले चाहियो । अरु शक्तिहरु, व्यक्तिहरु, बोल्छ कोही ?’ उनले प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?