+
+

भारतीय ग्याँस बुलेटको ठक्करबाट बाबु-छोरीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २९ गते ७:०१

२९ जेठ, काठमाडौं । पूर्व-पश्चिम राजमार्गको हेटौंडा-९ पशुपतिनगरमा भएको सवारी साधन दुर्घटनामाा बावु छोरीको मृत्यु भएको छ ।

भारतबाट ग्याँस बोकेर आएको एनएल०१एल २९७१ नम्बरको ग्याँस बुलेटले हेटौंडा बजारतर्फ आउँदै गरेको ना६१प ४५९७ नम्बरको मोटरसाइकलाई पछाडिबाट ठक्कर दिंदा बाबु-छोरीको मृत्यु भएको प्रहरी जनाएको छ ।

घटनामा ५५ वर्षीय बावु ईश्वरकुमार तामाङ र उनकी २६ वर्षीय छोरी अमिना तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ग्याँस बुलेटको ठक्करबाट मोटरसाइकल उछिट्टिएर घाइते भएका उनीहरूलाई हेटौंडा अस्पतालमा ल्याउने बित्तिकै डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?