
२९ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका-११ कपनका हेम बोम्जनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट संघीय सांसदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।
भारतमा कृषिको अध्ययन गरेर आएका ३४ वर्षीय बोम्जोन चुनाव जितेको खण्डमा कृषि क्षेत्रलाई मुख्य प्राथमिकता राखेर आफ्नो काम गर्ने बताउँछन् ।
उनी आफूलाई कृषि क्षेत्रमा खोज अनुसन्धान गर्दै आएको भन्न रुचाउँछन् । बोम्जोनले उम्मेदवारी घोषणा गरेको निर्वाचन क्षेत्रबाट यसअघिको चुनावमा नेपाली कांग्रेस महामन्त्री गगन थापा निर्वाचित भएका थिए ।
कृषिमा मुलुकलाई आत्मनिर्भर गराउँदै परनिर्भर अन्त्य गर्ने उनको पहिलो एजेण्डा छ । भ्रष्टाचारलाई निर्मुल पार्ने पनि उनको एजेण्डा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4