+
+

जिदान पीएसजीको प्रशिक्षक बन्न सहमत !

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २९ गते १२:५८

२९ जेठ, काठमाडौं ।  खेल सम्बन्धी स्पेनिस सञ्चार माध्यममा आएका समाचार अनुसार जिनेदिन जिदान फ्रेञ्च क्लव पेरिस सेन्ट जर्मेन पीएसजीको प्रशिक्षक बन्न सहमत भएका छन् ।

स्पेनिस क्लव रियल मड्रिका पूर्व प्रशिक्षक जिदान ३ वर्षका लागि पीएसजीको प्रशिक्षक बन्न सहमत भएको खबर स्पेनिस अनलाइन मुण्डो डिप्रोटिभोले प्रकाशन गरेको छ ।

उसका अनुसार पीएसजीका कतारी मालिक तमिम बिन हमाद अल थानीसँग भेटेर जिदानले प्रशिक्षक बन्न सहमति जनाएका हुन् । तर यो महिनाभर अर्थात जुनभर सम्झौतामा हस्ताक्षर नहुने र यसको औपचारिक घोषणा पनि नगरिने मुण्डो डिप्रोटिभोमा उल्लेख छ ।

उनले रियललाई दिएको त्यही बाँकी ३ वर्षको समय पीएसजीलाई दिन लागेका मुण्डो डिप्रोटिभोको दाबी छ । तर यो समाचार अन्य कुनै पनि सञ्चार माध्यमले पुष्टि गर्न सकेका छैनन् ।

पीएसजीले माउरिसिओ पोचिट्टिनोलाई हटाएर जिदानलाई प्रशिक्षक बनाउने हल्ला चलिरहेका बेला फ्रेञ्च राष्ट्रपति इमानुयल माक्रोनले जिदानलाई फ्रान्समा फर्कन र लिग वान् क्लबको प्रशिक्षक बन्न आग्रह गरेका थिए ।

रियल मड्रिडका लागि ३ पटक च्याम्पियन्स लिग जिताएका जिदानले फेञ्च क्लबलाई पनि त्यस्तै सफलता दिलाउन् भन्ने आफ्नो चाहना रहेको माक्रोनले बताएका थिए ।

इमानुयल माक्रोन र जिनेदिन जिदान ।

फ्रान्सलाई सन् १९९८ को विश्वकप र २००० को युरो कप फुटबल उपाधि जिताएका जितान सन् २०१६(१८ र २०१९(२१ सम्म रियल मड्रिडको प्रशिक्षक भए । प्रशिक्षकको पहिलो कार्यकालमा उनले रियललाई लगातार ३ सिजन च्याम्पियन्स लिगको उपाध जिताएका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?