+
+

बालश्रमविरुद्ध वसन्तपुरमा विद्यार्थीको प्रदर्शन

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७९ जेठ २९ गते १७:०१

२९ जेठ, काठमाडौं । आज जुन १२ अर्थात विश्व बालश्रमविरुद्वको दिवस, विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

नेपालमा विविध कार्यक्रम आयोजना गरी विश्व बालश्रमविरुद्वको दिवस मनाइएको छ । दिवसका अवसरमा ठमेलस्थित सरस्वती क्‍याम्पसका विद्यार्थीले बसन्तपुरमा बालश्रमबारे प्रदर्शनसमेत गरेका छन् । उनीहरुले विभिन्‍न प्लेकार्डसहित बालश्रमविरुद्धको नारासहित नाटकसमेत देखाएका छन् ।

तर क्‍याम्पसका विद्यार्थीहरुले बालश्रमविरुद्धको प्रदर्शन गरिरहँदा उनीहरूको छेउमै बालबालिकाहरु मिनरल वाटर हातमा बोकेर बेचिरहेका थिए । कोही बालश्रमविरुद्धको प्रदर्शन गरेको हेरिरहेका थिए । उनीहरुलाई नै थाहा थिएन बालश्रम भनेको के हो ?

हेर्नुस् तस्वीरहरु : 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?