+
+

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त धु्म्बाराहीबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १६:३४

३० जेठ, काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पनौती नगरपालिका-१२ घर भई हाल गोकर्णेश्वर नगरपालिका-१२ बस्‍ने ५६ वर्षीय डल्ले कामी रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई धुम्बाराहीबाट पक्राउ गरेको हो ।

२०७७ साल मंसिर २३ गते उच्च अदालत पाटनको फैसलाले उनलाई १० लाख ५० हजार जरिवाना र ४ दिन कैद सजाय सुनाएको थियो ।

पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?