+
+

४४०७५ करोड भारतीय रुपैयाँमा बिक्यो आईपीएलको प्रसारण अधिकार

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १९:०८

३० जेठ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको टेलिभिजिन र डिजिटल प्रसरण अधिकार ४४०७५ करोड भारती रुपैयाँमा बिक्री भएको छ ।

लिलाम बढाबढमा टेलिभिजन प्रसारण अधिकार २३ हजार ५७५ करोड भारतीय रुपैयाँमा बिक्री भएको हो । डिजिटल प्रसारण अधिकार भने २० हजार ५०० करोड भारतीय रुपैयाँमा विक्री भएको छ ।

सन् २०२३ देखि २०२७ सम्मको आईपीएलका लागि गरिएको बोलकबोलमा प्रसारण अधिकार पाउने कम्पनीको नाम औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । तर भारतीय सञ्चार माध्यमले भने टेलिभिजन प्रसारण अधिकार सोनीले किनेको दाबी गरेका छन् । डिजिटल प्रसारण अधिकार जिओ वा भायकम १८ मध्ये एकले पाएका छन् ।

यसअघि सन् २०१८ देखि २०२२ सम्मको आईपीएलको टेलिभिजन प्रसारण र डिजिटल प्रसारण दुवैको अधिकार १६ हजार ३४८ करोडमा बिक्री भएको थियो । तर अबको ५ वर्षको आईपीएल भने ४४०७५ करोडमा बिक्री भएको हो ।

सन् २०२३ देखि २०२७ सम्मको आईपीएलका एक खेल बराबर बीसीसीआईले औसतमा १०७‍.५ करोड भारतीय रुपैयाँ प्रसारण शुल्क पाउने छ ।

प्रसारण शुल्कको आधारमा आईपीएल विश्वको दोस्रो महँगो लिग बनेको छ । आईपीएलले प्रसारण शुल्कको आधारमा इंग्लिस प्रिमियर लिग ईपीएल फुटबललाई पछि पारेको हो । अब आईपीएल भन्दा महँगो एक मात्र लिग छ । जुन अमेरिकाको नेशनल फुटबल लिग (एनएफएल) हो । जसको एक खेलको प्रसारण शुल्क १३३ करोड भारतीय रुपैयाँ बराबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?