
काठमाडौं । गायिका इन्दिरा जोशी आज प्रेमी शरद केडियासँग वैवाहिक जीवनमा बाँधिदैछिन् । दुवै जनाको परिवार र आफन्तको उपस्थितिमा वैवाहिक समारोह आयोजना गरिएको छ ।
आइतबार मेहेन्दी उत्सव गरेकी इन्दिरा आज दुलही बन्नेछिन् । मेहेन्दीका तस्वीर सार्वजनिक गर्दै जोशीले मंगलबार विवाह हुन लागेको जनाएकी थिइन् । फेसन डिजाइनर समेत रहेका शरद र इन्दिरा तीन वर्षदेखि प्रेममा छन् ।
गत वर्ष माउन्ट एभरेस्ट फेसन रनवे कार्यक्रमको सिलसिलामा नाम्चे पुगेको बेला शरदले इन्दिरालाई विवाह प्रस्ताव राखेका थिए । इन्दिराले पनि सोही ठाउँमा बिहे प्रस्ताव स्वीकारेकी थिइन् ।
‘लुट’ फिल्मको आइटम गीत ‘उध्रेको चोली’बाट थप चर्चामा आएकी गायिकाले सीमित निम्तालुको उपस्थितिमा विवाह गर्न लागेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4