+
+

मोरङको जिल्ला समन्वय समितिमा एमालेको प्यानलै विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते १७:१९

३१ जेठ, विराटनगर । मोरङको जिल्ला समन्वय समिति (जिसस) मा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ ।

विराटनगरमा मंगलबार भएको निर्वाचनबाट प्रमुखमा अजम्बर राई प्रमुख र उषा झा उपप्रमुखमा २१/२१ मत ल्याएर विजयी भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

काङ्ग्रेसबाट प्रमुखको उम्मेदवार रहेका जितेन्द्र अग्रवाल र उपप्रमुख उम्मेदवार निलमकुमारी सरदारले १३/१३ मत मात्रै ल्याएका छन् । महिला सदस्यमा एमालेका उम्मेदवारहरु उमा नेपाली, उर्वशीकुमारी थारु र हरिमाया विश्वकर्मा विजयी भएका छन् । उनीहरुमध्ये नेपालीले २३, थारु र विश्वकर्माले २१/२१ मत प्राप्त गरे ।

काङ्ग्रेसका तर्फबाट महिला सदस्यको उम्मेदवार रहेका गीताकुमारी विश्वकर्माले ११, जुमु खातुनले र मीनादेवी विश्वासले १३/१३ मत पाएका छन् । जिससको अन्य सदस्यमा एमालेका तुलसीप्रसाद घिमिरे, देवमणि कटुवाल र मित्रप्रसाद ढकाल निर्वाचित भएका छन् । घिमिरे र ढकालले २२/२२ तथा कटुवालले २१ मत ल्याएका छन् ।

अन्य सदस्यमा काङ्ग्रेसको तर्फबाट उम्मेदवार रहेका इम्तियाज अन्सारीको १२ र कल्याण लामिछानेको १३ मत आएको छ । दलित/अल्पसङ्ख्यकबाट सदस्यमा एमालेका चन्द्रबहादुर सरदार निर्विरोध निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?