+
+

८ ग्राम ब्राउन सुगरसहित झापाबाट २ युवा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते १८:२४

३१ जेठ, झापा । प्रहरीले ८ ग्राम ५२ मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित दुई जना युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-१२ हापाडाँगी बस्‍ने २४ वर्षीय सुरज मेचे र २२ वर्षीय जीवन सार्की रहेका छन् ।

उनीहरुलाई मंगलबार दिउँसो ईलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरीले मेचीनगर नगरपालिका-१२ हापाडाँगीबाट पक्राउ गरेको हो ।

प्रहरीले सुरज मेचेको साथबाट लागुऔषध ब्राउन सुगर, नगद ७३ हजार रुपैयाँ, १ थान मोबाइल र घरबाट १ थान डिजिटल मिनी तराजु बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?