+
+

कोस्टारिका विश्वकप-२०२२ मा छनोट हुने अन्तिम राष्ट्र

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते ६:५६

१ असार, काठमाडौं । आगामी नोभेम्बर-डिसेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकपका लागि छनोट हुने कोस्टारिका अन्तिम टिम बनेको छ ।

मंगलबार राति भएको अन्तर महादेशीय छनोटको प्ले अफमा न्युजिल्याण्डलाई १-० ले हराउँदै कोस्टारिका विश्वकपमा छनोट भएको हो ।

कोस्टारिकालाई जित जोएल क्याम्पबेलले खेलको तेस्रो मिनेटमै गरेको गोल निर्णायक बनेको थियो । कोस्टारिका विश्वकपमा छनोट हुने ३२औं राष्ट्र हो ।

लगातार तेस्रो पटक विश्वकपमा छनोट भएको कोस्टारिका समग्रमा छैटौं पटक विश्वकपमा छनोट भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?