+
+

रणवीर-आलियाको ‘ब्रह्मास्त्र’को ट्रेलर रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते ११:४४

काठमाडौं । सन् २०२२ को प्रतीक्षित बलिउड फिल्म ब्रह्मास्त्रको औपचारिक ट्रेलर रिलिज भएको छ । आयन मुखर्जी निर्देशित फिल्ममा रणवीर कपुर र आलिया भट्टको मुख्य भूमिका छ । फिल्म आगामी सेप्टेम्बर ९ अर्थात् भदौ २४ गतेदेखि प्रदर्शन हुँदैछ ।

पहिलो भाग बताइएको फिल्म ब्रह्मास्त्रको ट्रेलरमा सत्य असत्य, आशा र निराशाबीचको लडाइँ देखाइएको छ । भारतीय इतिहासलाई आधुनिकतासँग जोडेर ‘फेन्टासी’ कथावस्तु चित्रण गरिएको छ ।

शिव नामको मुख्य पात्रको ईशा नामकी युवतीसँग प्रेम बस्छ । तर उनीहरुको सम्बन्ध सजिलो छैन । शिवले आफ्नो सम्बन्ध ब्रह्मास्त्र अर्थात् महान् शक्तिसँग भएको भन्दै त्यो प्रेमलाई स्वीकार्न मान्दैन । यसलाई भाग एक अर्थात् आगोको शक्ति भनिएको छ ।

बुधबार बिहान मुम्बईमा आयोजित ट्रेलर लन्च कार्यक्रममा बोल्दै निर्देशक मुखर्जीले आफूले बलिउडमा नयाँ सिनेम्याटिक युनिभर्सको थालनी गर्न खोजेको बताए ।

‘मैले एस्ट्राभर्स नामक युनिभर्स सिर्जना गर्न खोजेको हुँ,’ मुखर्जी भन्छन्, ‘सिंगो भारत र बलिउडले यसमा गर्व गर्नुपर्छ ।’ तीन भागमा बन्ने यो सिक्वेललाई भारतको पहिलो सिनेम्याटिक युनिभर्स भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?