+
+

त्रिभुवन विमानस्थल आज आधा घण्टा बन्द हुने, दुर्घटना प्रतिकार्य अभ्यास गरिँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते १३:००
फाइल तस्वीर

१ असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार आधा घण्टाका लागि बन्द हुने भएको छ ।

त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनाको काल्पनिक घटना अनुसार त्यसको प्रतिकार्यको अभ्यास गरिने भएकाले दिउँसो ३ बजेदेखि आधा घण्टा विमानस्थल बन्द गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानस्थल संकटकालीन योजना अनुसार पूर्ण संकटकालीन अवस्थाको अभ्यास गरिने भएको छ । यो अभ्यासका क्रममा आकाशमा कालो धुँवाको मुस्लो देखिने छ । दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधि तीव्र बन्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?