
काठमाडौं । ‘नयाँ वर्ष, पुरस्कारको हर्ष’ नामक उपहार योजनाका विजेतालाई पुरस्कार हस्तान्तरण गरिएको छ । नयाँ वर्षको अवसरमा सञ्चालित उपहार योजनाका विजेतालाई सामसुङ नेपाल, आईएमएस ग्रुप र र हिम इलेक्ट्रोनिक्सले पुरस्कार हस्तान्तरण गरेको हो ।
भरत ट्रेड प्रालि, सन मोबाइल स्टोर र जय माँ अम्बे मोबाइल स्टोरलाई किया सोनेट कार साथै १० जना विजेताहरुलाई बजाज २२० एफ एबीएस बाइक पुरस्कार वितरण गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस योजना अन्तर्गत ५० जनालाई दुबई भ्रमणका साथै अन्यलाई नगद भौचरहरु पनि प्रदान गरिएको कम्पनीले बताएको छ ।
सो योजना २०२२ को अप्रिलदेखि मे महिनासम्म सञ्चालन गरिएको थियो । जसमा देशभर छरिएका सम्पूर्ण वितरकहरुलाई सहभागी गराइएको थियो ।
ज्ञानेश्वरस्थित एटिक रेष्टुराँमा आयोजित एक कार्यक्रममा विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4