+
+

पुँजी बजारको समस्या अध्ययन गर्न कार्यदल गठन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते ११:४०

२ असार, काठमाडौं । अर्थ मन्त्रालयले पुँजी बजार तथा वित्तीय क्षेत्रमा देखिएको समस्या समाधानका उपायबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ । धितोपत्र बोर्डले संयोजन गर्ने गरी ४ सदस्यीय कार्यदल गठन गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

कार्यदलको संयोजन धितोपत्र बोर्डका कार्यकारी निर्देशकले गर्नेछन् भने अर्थमन्त्रालयबाट एक जना उपसचिव कार्यदलमा सदस्य तोकिनेछन् । यस्तै राष्ट्र बैंक अर्का एक जना सदस्य पनि समितिमा रहनेछन् । कार्यदलको सदस्यसचिव बोर्डकै एकजना सदस्य रहनेछन् ।

पुँजी बजार वित्तीय क्षेत्रमा देखिएको वर्तमान समस्या समाधानका लागि अध्ययन गरेर सुझाव पेश गर्नेगरी कार्यदल गठन गरिएको र यसले पूर्णता भने नपाएको नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक रुपेश केसीले जानकारी दिए । ‘पुँजी बजार र वित्तीय क्षेत्रको वर्तमान अवस्थाबारे अध्ययन गर्ने भन्ने उद्देश्य छ, कार्यदलले पूर्णता पाइसकेको छैन,’ उपकार्यकारी निर्देशक केसीले भने, ‘पहिलो बैठक अघि कार्यदलले पूर्णता पाउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?