+
+
Shares

पुँजी बजारको समस्या अध्ययन गर्न कार्यदल गठन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते ११:४०

२ असार, काठमाडौं । अर्थ मन्त्रालयले पुँजी बजार तथा वित्तीय क्षेत्रमा देखिएको समस्या समाधानका उपायबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ । धितोपत्र बोर्डले संयोजन गर्ने गरी ४ सदस्यीय कार्यदल गठन गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

कार्यदलको संयोजन धितोपत्र बोर्डका कार्यकारी निर्देशकले गर्नेछन् भने अर्थमन्त्रालयबाट एक जना उपसचिव कार्यदलमा सदस्य तोकिनेछन् । यस्तै राष्ट्र बैंक अर्का एक जना सदस्य पनि समितिमा रहनेछन् । कार्यदलको सदस्यसचिव बोर्डकै एकजना सदस्य रहनेछन् ।

पुँजी बजार वित्तीय क्षेत्रमा देखिएको वर्तमान समस्या समाधानका लागि अध्ययन गरेर सुझाव पेश गर्नेगरी कार्यदल गठन गरिएको र यसले पूर्णता भने नपाएको नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक रुपेश केसीले जानकारी दिए । ‘पुँजी बजार र वित्तीय क्षेत्रको वर्तमान अवस्थाबारे अध्ययन गर्ने भन्ने उद्देश्य छ, कार्यदलले पूर्णता पाइसकेको छैन,’ उपकार्यकारी निर्देशक केसीले भने, ‘पहिलो बैठक अघि कार्यदलले पूर्णता पाउँछ ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?