+
+

विरोधीले त केही गर्न सक्ने थिएनन्, हाम्रैभित्र शकुनि निस्किए : ओली

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते १३:३५

२ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रकै अन्तर्घातका कारण स्थानीय तह निर्वाचनमा पराजित हुनुपरेको बताएका छन् ।

एमालेलाई विरोधी शक्तिहरुले हराउन नसक्ने भए पनि पार्टीभित्रैबाट घात गर्नेहरु निस्केका ओलीले बताए । बिहीबार काठमाडौंका जनप्रतिनिधिसँगको अभिमुखीकरण कार्यक्रममा उनले पार्टीभित्रै शकुनीहरु निस्केको टिप्पणी गरे ।

‘हाम्रा विरोधीले केही गर्न सक्ने थिएनन्, हामी त झण्डै दुई तिहाइमा थियौं’ उनले भने, ‘तर हाम्रैभित्रबाट शकुनlहरु निस्किए, मिरजाफरहरु निस्किए र मिरकासिमहरु निस्किए ।’

उनले अंग्रेजले बंगाल आक्रमण गर्दा बंगालका सेनापति मिरजाफर र मिरकासिमले अंग्रेजलाई सहयोग गरेको उदाहरण दिए ।

ओलीले साढे दुई सय मत बढाउन सकेको भए थप ८८ सिटमा जित हासिल गर्ने दाबी गरे । उनले १९ वटा पालिकामा १०० भन्दा कमले, १८ वटा पालिकामा २०० भन्दा कम, १५ वटा पालिकामा ३०० भन्दा कम, १३ वटा पालिकामा ४०० भन्दा कम र १५ वटा पालिकामा ५०० भन्दा कम मतले पराजित भएको बताए ।

‘अथवा अढाइ सय भोट हामीले अरु थप्ने हो भने हाम्रो विजय थप ८८ सिटमा हुन्थ्यो’ अध्यक्ष ओलीले भने, ‘अढाइ सय भोट किन आएन म धेरै भन्न चाहन्न, हाम्रो आफ्नै कारणले, त्यति मात्र सच्चिने हो भने ८८ सिट थपिन्थ्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?