+
+

नेपाली बजारमा अनरका तीन नयाँ स्मार्टफोन आउँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते १४:५४

काठमाडौं । नेपालका लागि अनरको आधिकारिक बिक्रेता सेल्ट्रन नेपाल प्रालिले अनर ब्राण्डको तीन फरक मोडलका स्मार्टफोन नेपाली बजारमा ल्याउँदै छ ।

कम्पनीका अनुसार अनर एक्स७, एक्स८ र एक्स९ नेपाली बाजारमा ल्याउन लागेको हो । जुनको तेस्रो सातादेखि नेपालभर अनलाइन र अफलाइन माध्यमबाट सुलभ मूल्यमा उक्त मोडलका स्मार्टफोन उपलब्ध हुने कम्पनीले जनाएको छ ।

अनर एक्स ७

अनर एक्स ७ मा रहेको असाधारण ५००० एमएएच ब्याट्रीले प्रयोगकर्ताहरुलाई एकै चार्जमा २० घण्टासम्म अनलाइन भिडियो स्ट्रिमिङ वा ४९ घण्टा फोन कलको सुविधा दिन्छ ।

अनरको शक्तिशाली टेक्नोलोजीले विश्वव्यापी स्मार्टफोन प्रयोगकर्ताहरूका लागि अनर एक्स७ मा २२.५ डब्ल्यू अनर वायर्ड सुपरचार्ज सुविधा दिन्छ । जसले केवल १० मिनेटमा तीन घण्टाको अनलाइन भिडियो प्लेव्याक गर्न मद्धत गर्दछ । यसको मद्धतले प्रयोगकर्ताहरुलाई अनलाइन टेक्स्टिङ, अनलाइन सपिङ, गेमिङ, भिडियो स्ट्रिमिङ का लागि आफ्नो यन्त्रलाई द्रुत रुपमा पावर अप गर्दछ ।

अनर एक्स ७, ४७ डिग्री कर्भ बडीकासाथ डिजाइन गरिएको छ । केवल ८.६२ एमएम पातलो छ । हातको हत्केलामा पूण रुपमा फिट हुन्छ । ६.७४ इन्चको अनर फूलभ्यू लिक्विड क्रिस्टल डिस्प्लेसँग सुसज्जित अनर एक्स७ ले १६.७ मिलियन रङहरु प्रदर्शन गर्दछ । जसले वास्तविक जीवनमा चलचित्रहरु हेर्न, तस्वीरहरु बनाउन गर्न गेमिङका लागि इमर्सिभ दृश्य अनुभव गराउँदछ ।

इनह्यान्ड्स डिस्प्ले गुणस्तरका लागि ९० हर्जसम्मको स्क्रिन रिफ्रेस दरको विश्षता रहेको अनर एक्स७ प्रयोगकर्ताहरुले स्क्रिनमा फ्ल्यूड यथार्थपरक ग्राफिक्सको मजा लिनुका साथै सहज स्क्रोलिङ पनि गर्न सकिने छ ।

अनर एक्स ७ क्वालकम्म स्न्यापड्रागन ६८० मोबाइल प्लेटफर्मद्वारा सञ्चालित ५.६ एमएम उन्नत अक्टाकोर प्रोसेसरले फावर कन्ज्युम गर्दा उत्कृष्ट प्रदर्न प्रदान गर्ने गरी डिजाइन गरिएको छ ।

विस्तारित मल्टिमिडिया प्रयोगका लागि उदेश्य निर्मित प्रोसेसरले यसको पूर्ववर्तीको तुलनामा सीपीयू कार्यसम्पादनलाई २५ प्रतिशत र जीपीयू कार्यसम्पादनलाई १० प्रतिशतले वृद्धि गर्दछ । यसका साथै पावर खपतमा १२ प्रतिशत कमी ल्याउने अनर एक्स७ प्रयोगकर्ताहरुले दीगो कार्यम्पादनका साथ दिनभर मनोरञ्जन लिन सक्नेछन् ।

अनर एक्स ७ मा अनर याम टर्बो (४जीबी प्लस २जीबी) पनि छ । अनरबाट एक स्वामित्व प्रविधि समाधान जसले फ्ल्यास मेमोरीको सानो भागलाई याममा सार्छ । यो प्रविधिले व्याक ग्राउन्ड एपहरु कम्प्रेस गरेर याम भण्डारण विस्तार गर्छ र प्रयोकर्ताहरुले एपहरु स्विच गर्दा पृष्ठभूमिका प्रक्रियाहरुलाई मारिनबाट रोक्छ यसले गर्दा प्रयोगकर्ताहरुले भिडियो कल लिन, सन्देश लिन सक्छन् र एपहरु अझै पनि पृष्ठभूमिमा चल्ने छन् ।

सुन्दर क्षणहरु खिच्नका लागि अनर एक्स७ ले ४८ एमपी अल्ट क्लियर मेन क्यामेरा, ५ एमपी वाइज एंगल क्यामेरा, २ एमपी सेन्सि म्याक्रो क्यामेरा र २ एमपी सेन्सि बोकेह क्यामेरा समावेश गरी बलिया क्वाड क्यामेरा संयोजन प्रदान गर्दछ । जसले गर्दा प्रयोगकर्ताहरु सुरक्षित गर्न र आश्चर्यजनक तस्वीरहरु खिच्न सक्नेछन् ।

अनर एक्स ७ले १९२९, १०८० पिक्सेलको रेजुलेसनको साथ १०८०पी भिडियो सुटिलाई समर्थन गर्दछ । ४८ एमपी अल्ट क्लियर मेन क्यामेराले कम प्रकाशको वातावरणमा पनि फोटोहरु स्पष्ट विवरणहरु प्रस्तुत गर्न इन्टेलिजेन्ट मल्टि फ्रेम सेन्थेसिस अल्गोरिदमको सुविधा दिन्छ ।

अनर एक्स ८

अविश्वसनीय रूपमा पातलो र स्टाइलिस अनर एक्स८ अल्ट्रा स्लिम र हल्का वजनको साथ डिजाइन गरिएको छ । केवल ७.४५ एमएम मोटो र १७७ ग्राम तौल हुन्छ । फ्ल्याट-एज डिजाइन र चारै तर्फबाट इलिजेन्ट गोलाकार कुनाहरूले गर्दा अनर एक्स८ एक हातको हत्केलामा आरामसँग फिट हुन्छ ।

प्रयोगकर्ताहरुलाई तौल नहुने सुनिश्चित गर्दै साना ह्यान्ड व्यागहरु र खल्तीमा सजिलैसँग राख्न सकिन्छ।

अनर एक्स ९

४८०० एमएएचको लामो समयसम्म चल्ने ब्याट्रीले भरिएको अनर एक्स ९ले १३.७ घन्टासम्मको सामाजिक सञ्जाल अन्वेषण, १६.३  घण्टा भिडियो एप प्रयोग वा २५.६ घण्टा कल, सबै एकल चार्जमा प्रदान गर्दछ । जुन आफ्नो शक्तिको लागि ब्याट्री कार्य सम्पादनको आवश्यकताका लागि उपयुक्त छ।

अनरको शक्तिशाली टेक्नोलोजीले सबै विश्वव्यापी स्मार्टफोन प्रयोगकर्ताहरूका लागि अनर एक्स९ मा अनरको नवीन ६६ वाट वायर्ड अनर सपरचार्ज टेक्नोलोजीलाई समर्थन गर्दछ । जसले केवल १५ मिनेटमा ४८ प्रतिशत र ३० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सक्छ । जसले प्रयोगकर्ताहरूलाई द्रुत रूपमा शक्ति प्रदान गर्न सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?