+
+

आमिरको ‘लाल सिंह चड्डा’ र अक्षय स्टारर ‘रक्षाबन्धन’को भिडन्त निश्चित

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते १७:०४

काठमाडौं । बलिउड अभिनेता अक्षयकुमारले आफ्नो आगामी फिल्म ‘रक्षाबन्धन’को रिलिज मिति घोषणा गरेका छन् ।

यो फिल्म अब आमिर खान स्टारर ‘लाल सिंह चड्डा’सँग भिड्ने भएको छ । आगामी ११ अगस्ट २०२२ (साउन २६) गते यी दुवै फिल्म एकसाथ प्रदर्शनमा आउने भएका छन् ।

आनन्द एल राय निर्देशित फिल्म रक्षाबन्धनमा अक्षय र भूमि पेड्नेकरको मुख्य भूमिका छ । फिल्मको मोसन पोस्टरमा ‘तेरे साथ हुँ मैं’को टिजर समावेश छ । ‘अतरंगी रे’पछि अक्षयले दोस्रोपटक आनन्द एल रायसँग सहकार्य गरेका हुन् ।

एउटै मितिमा दुई ठूला बलिउड स्टारको फिल्म आउने भएपछि फ्यानबीच रस्साकस्सी सुरु भएको छ । यसै महिना आमिर खानले आईपीएलको फाइनलमा ‘लाल सिंह चड्डा’को ट्रेलर लन्च गरेका थिए ।

‘लाल सिंह चड्डा’मा आमिरसहित करिना कपुरको मुख्य भूमिका छ । बच्चन पाण्डे र सम्राट पृथ्वीराजपछि ‘रक्षाबन्धन’ अक्षयको यस वर्षको तेस्रो फिल्म हो । आमिर अभिनित पछिल्लो फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ सन् २०१८ मा रिलिज भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?