+
+

क्रिकेट प्रतिभाको खोजी

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते १९:४३

२ असार, काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडेमी क्रिकेट विभागले ‘टयालेन्ट हन्ट’ (प्रतिभाको खोजी) मार्फत देशभरीबाट क्रिकेट खेलाडी छनौटको सुरुवात गरेको छ ।

सोही कार्यक्रम अन्तर्गत बिहीबार प्रदेश १ को बिराटनगरबाट विभागले ‘अन्डर-१८ इमर्जिङ्ग स्टार क्रिकेट टुर्नामेन्ट २०७९’ औपचारिक सुरूवात गरेको हो ।

मदन भण्डारी स्मृति दिवसको अवसरमा सुरु भएको प्रतियोगितामा तीन टिमको सहभागिता छ । ३ टिममा सहभागी ४० जना खेलाडीहरु प्रदेश १ का सवै जिल्लाबाट ट्यालेन्ट हन्टमार्फत छनौट गरिएको विभागका अध्यक्ष एवम पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले जानकारी दिए । दुई दिने प्रतियोगिता पश्चात प्रदेश १ को टिम तयार गरिने समेत उनले जानकारी दिए ।

‘ट्यालेन्ट हन्ट’ मेची–महाकाली अभियान मार्फत सातै प्रदेशमा प्रतिभावान खेलाडीको पहिचान गरी आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि सक्षम बनाइने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?