+
+

एसिया यु–१२ टिम टेनिस : नेपाल छनोट हुन सकेन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते २०:०५

२ असार, काठमाडौं । नेपाल आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) बाट छनोट हुन असफल भएको छ । काजाकिस्तानमा हुने फाइनल प्रतियोगिताका लागि नेपालीको महिला पुरूषा दुवै टोली छनोट हुन असफल भएको हो ।

प्रतियोगिताको पाँचौं संस्करण शुक्रबार सम्पन्न हुँदैछ । यसबीचमा नेपाल दुईपटक छनोट हुन सकेन । चालू संस्करणसहित नेपाल सन् २०२१ मा पाकिस्तान भएको चौथो संस्करणमा छनोट भएको थिएन । नेपालमा सन् २०१७ मा भएको पहिलो संस्करणमा पुरुष टिम छनोट भएको थियो । २०१८ मा नेपालमै भएको दोश्रो संस्करणमा महिला पुरुष दुवै टिमले छनोट चरण पार गरेका थिए । २०१९ मा बंगलादेशमा भएको तेश्रो संस्करणमा ब्वाइज टिम छनोट हुन सफल भएको थियो । २०२१ मा कोभिड– १९ का कारण प्रतियोगिता भएन ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा जारी प्रतियोगितामा शुक्रबार नेपाली दुवै टोलीले हारको शृंखलामा ब्रेक लगाएका छन् ।

नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगितामा पुरुषतर्फ नेपालले माल्दिभ्सलाई ३–० ले हरायो । एकलमा असभसम्राट हाडाले सलामलाई ६–० र ६–० तथा वृजेश आर्यलले नियाजलाई ६–० र ६–२ को सोझो सेटमा पराजित गरे । युगलमा वृजेश र आद्रित नेपालको जोडीले कलिम र नियाजको जोडीलाई ६–४ र ६–१ को सिधा सेटमा हराए । यसअघि नेपाल लगातार दुई खेलमा चुकेको थियो ।

महिलामा लगातार तीन खेलमा हार सामना गरेको नेपालले चौथो खेलमा भुटानमाथि ३–० को जित रच्यो । एकलमा कर्मिस्था नुगाह श्रेष्ठले छिरिङ तथा शिभाली गुरुङले वाङमोलाई पाखा लगाए । युगलमा प्राज्ना मानन्धर र कर्मिस्थाको जोडीले छिरिङ र वाङमोको जोडीलाई पन्छाए । तीनै स्पर्धामा सहज जित निकालेको नेपाल समान ६–० र ६–० ले विजयी रह्यो ।

प्रतियोगिताको पुरुषमा भारत र पाकिस्तान फाइनलमा प्रवेश गरेका छन् । महिलाको राउन्ड रोविन लिगमा पहिलो हुँदै भारत र दोश्रो बन्दै श्रीलंका फाइनलमा पुगे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?