+
+

नेपालले भुटानलाई दियो ९५ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३ गते १०:४६

३ असार, काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानलाई ९५ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको नेपालका ओपनर ब्याटर चल्न नसक्दा भुटानसामु ९४ रनमा सिमित भएको हो ।

नेपालका लागि मध्य क्रमका ब्याटरहरुले दोहोरो अंकमा रन बनाउँदा अन्य भने खासै चल्न सकेनन् पाँचौं क्रममा आएकी काजल श्रेष्ठले नेपालका लागि सर्वाधिक २६ रन बनाइन् । चौथो क्रमकी ब्याटर ईन्दु बर्माले २० रन र छैटौं क्रममा आएकी कप्तान रुविना क्षेत्रीले २१ रन बनाइन् ।

भुटानका लागि सोनम पाल्दोनले सर्वाधिक ४ विकेट लिइन्। अञ्जु गुरुङ र तासी चेकीले समान १-१ विकेट लिए । ९५ रनको लक्ष्य पाएको नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?