+
+

ओलम्पिक डेमा ओलम्पियन पुनर्मिलनसँगै ५ विशेष कार्यक्रम हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३ गते १२:३७

३ असार, काठमाडौं । ओलम्पिक डेको अवसरमा नेपालबाट ओलम्पिक खेलेका सम्पूर्ण खेलाडीहरुको पुनर्मिलन कार्यक्रम हुने भएको छ ।

नेपाली ओलम्पिनहरुको छाता संगठनको रुपमा रहेको नेपाल ओलम्पियन संघको आयोजनामा उक्त कार्यक्रम हुन लागेको संघका अध्यक्ष दिपक विष्टले बताएका छन् । असार ७ गते पुर्नमिलन कार्यक्रमका साथसाथै ५ विशेष कार्यक्रमहरु पनि आयोजना हुने संघले जनाएको छ ।

कार्यक्रममा ओलम्पिनहरुबीच भाइचारा अभिवृद्धि, ओलम्पिक मुभमेन्टका बारेमा समाजलाई जागृत र सुसूचित गर्ने अनि मुलुकभित्रको खेल विकासमा ओलम्पिनहरुको पनि भूमिका र जिम्मेवारीको बारेमा छलफल गरिने छ ।

नेपालले सन् १९६४ को टोकियो ओलम्पिकदेखि २०२० को टोकियो ओलम्पिकसम्मका ओलम्पियनहरुलाई एउटै थलोमा उपस्थित गराउने लक्ष्यसहित कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रमबारे जानकारी दिन भएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष दीपक बिष्टले यो कार्यक्रम स्वदेश तथा विदेशमा रहेका ओलम्पियनहरुलाई पनि समेट्ने प्रयास रहेका बताएका छन् । ‘धेरै ओलम्पियनलाई हामीले पनि देखेका छैनौ । त्यसैले हाम्रो परिवार सबै भेटेर सेयर गर्याैँ । पुरानालाई सम्मान र नयाँलाई प्रोत्साहन हो’, उनले भने, ‘यो नयाँ र ऐतिकासिक कार्यक्रम आँटेका छौँ । अब हरेक वर्ष यो कार्यक्रम गर्ने सोच राखेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?