+
+

केकी र आँचलको ‘झिंगेदाउ’को रिलिज मिति सर्‍यो, ‘बाबरी’लाई राहत

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३ गते १३:४३

काठमाडौं । भीमनिधि तिवारीको कथामा आधारित फिल्म ‘झिंगेदाउ’को प्रदर्शन मिति अगाडि सरेको छ । अब यो फिल्म भदौ १७ गतेबाट प्रदर्शन हुने भएको छ । निर्माताले मंगलबार पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेका हुन् । यसअघि यो फिल्म भदौ ३१ गते ‘बाबरी’सँग जुध्ने तयारीमा थियो ।

‘झिंगेदाउ’ प्रि–पोन्ड हुँदा बाबरीलाई राहत मिलेको छ । ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा केकी अधिकारी, आँचल शर्मा र मुकुन भुसालको मुख्य भूमिका छ । पहिलोपटक ‘झिंगेदाउ’ निर्माणमा अन्तर्राष्ट्रिय रुपमा चर्चित सिनेम्याटोग्राफर विष्णु कल्पितले लगानी गरेका छन् । उनी निर्देशित फिल्म ‘गड्स बेफेलो’ले किम्फसहितका फेस्टिभलमा अवार्ड जितेको छ ।

डकुमेन्ट्री निर्माणबारे हौसिएर कल्पित फिल्म निर्माणमा आएका हुन् । उनको कम्पनी फिल्म क्रु नेपालले निर्माणमा कपनगढी सिनेमासँग सहकार्य गरेको छ । छायांकन निर्देशन पनि कल्पितले नै गरेका छन् ।

फिल्ममा पटकथा तथा संवाद प्रदीप भारद्वाजको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?