+
+

‘कबड्डी ४’ले तीन सातामा कमायो २१ करोड ३७ लाख ग्रस

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३ गते १७:२५

काठमाडौं । ‘कबड्डी ४’ले तेस्रो सातासम्म घरेलु बक्स अफिसमा २१ करोड ३७ लाख रुपैयाँ ग्रस कमाएको छ । तेस्रो सातामा भने फिल्मको कलेक्सनमा गिरावट आएको देखिन्छ ।

सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको कमाइ गरेको ‘कबड्डी ४’ले काठमाडौं उपत्यकाबाट ११ करोड ५८ लाख ग्रस र उपत्यकाबाहिरबाट ९ करोड ७९ लाख रुपैयाँ ग्रस कमाएको हो ।

यो फिल्म शुक्रबारदेखि सिक्किमबाहेकका भारतीय राज्यमा प्रदर्शनमा आएको छ । भारतमा ओपनिङ राम्रो रहेको विवरण प्राप्त भएको निर्माता तथा निर्देशक रामबाबु गुरुङले अनलाइनखबरलाई जानकारी दिए ।

फिल्मको शुक्रबारदेखि नेपाली हलमा चौथो सातामा प्रदर्शन सुरु भएको छ । चौथो सप्ताहन्तमा फिल्मले २२ करोड ग्रसको आँकडा पार गर्ने अनुमान छ । फिल्मले दोस्रो साताको अन्त्यमा ‘छक्का पञ्जा ३’को ओपनिङ रेकर्डलाई उछिनेको थियो ।

‘कबड्डी ४’ले अझै पनि अस्ट्रेलिया, जापान र केही युरोपेली मुलुकका सिनेमा हल ‘होल्ड’ गर्दा ‘चिसो मान्छे’ ती ठाउँमा प्रदर्शन हुन सकेको छैन । ‘कबड्डी ४’ विदेशमा २ करोड २१ लाख रुपैयाँ नेटमा बिक्री भएपनि ग्रस कलेक्सन १० करोड जति हुने प्रक्षेपण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?