+
+

बंगलादेशले भन्यो- पद्मा पुल बीआरआईको हिस्सा होइन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ४ गते ११:५५

४ असार, ढाका । बङ्गलादेशले पद्मा पुल चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)को हिस्सा नभएको स्पष्ट पारेको छ । विदेश मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गरी पद्मा बहुद्देशीय पुलमा विदेशी लगानी नरहेको स्पष्ट गरेको हो ।

पद्मा बहुद्देशीय पुल पूर्णरूपमा बङ्गलादेश सरकारको लगानीमा बनाइएको र त्यसमा कुनै पनि द्विपक्षीय वा बहुपक्षीय निकायबाट आर्थिक लगानी नरहेको विदेश मन्त्रालयले जनाएको छ ।

बीआरआई र विदेशी लगानीमा पुल बनाइएका समाचार सार्वजनिक भएपछि बङ्गलादेश सरकारले त्यसको खण्डन गर्दै वास्तविकता जनसमक्ष प्रस्तुत गरेको हो । आगामी शनिबार उक्त पुल आवागमनका निम्ति खुला गरिंदैछ ।

विदेश मन्त्रालयका अनुसार पद्मा पुलले दक्षिणपश्चिम भेगका १९ जिल्लालाई देशका अन्य भागसँग जोड्ने तथा त्यसले सामाजिक–आर्थिक विकासका साथै क्षेत्रीय सम्पर्क विस्तारमा योगदान गर्नेछ । एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?