+
+

थप १४ जनामा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ४ गते १६:०९

४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ५९० पीसीआर परीक्षणमा ११ जना र ९४४ एन्टिजेन परीक्षणमा ३ जना गरी १४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई ११ जना डिस्चार्ज भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १०४ रहेको छ । पछिल्लो २४ घण्टामा ६५ हजार २७८ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?