+
+
Shares

सेनामार्फत एसपीपी अघि बढाउन खोज्नु गम्भीर : वर्षमान पुन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ४ गते १८:१७

४ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अमेरिकाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नेपाली सेनामार्फत अघि बढाउन खोज्नु गम्भीर विषय भएको टिप्पणी गरेका छन् ।

मदन भण्डारी फाउन्डेसनले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यस्ता कुटनीतिक प्रस्ताव सेनामार्फत नभई परराष्ट्र मन्त्रालयमार्फत आउनुपर्ने धारणा राखे । ‘एसपीपी परराष्ट्र मन्त्रालयमार्फत आउनु पर्नेमा सेनामार्फत आउनु गम्भीर हो, अब यस्तो नहोरियोस्, यो नै अन्तिम पटक होस् ।’

नेपालले असंलग्न परराष्ट्र नीति अबलम्बन गर्दै आएको भन्दै उनले राजनीतिक नेतृत्वलाई बाइपास गरेर सैनिक नेतृत्वमार्फत एसपीपीको प्रस्ताव आउनुको कारण सबै मिलेर खोज्नुपर्ने उल्लेख गरे ।

नेपाली सेनाको व्यवसायिक निष्ठामा कुनै शंका नरहे पनि तत्कालीन सैनिक नेतृत्वले राजनीतिक नेतृत्वलाई छलेको नेता पुनले बताए । ‘नेपाली सेनाको व्यवसायिक निष्ठामा कुनै शंका छैन’, पुनले भने, ‘राजनीतिक नेतृत्वमार्फत आउनुपर्ने प्रस्ताव सेनामार्फत आउनु र राजनीतिक नेतृत्वलाई छलेर पटकपटक गरिएको पत्राचारलाई सामान्य रुपले हेरिनु हुँदैन ।’

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?