+
+

ओलम्पिक डे को अवसरमा ब्याडमिन्टन प्रतियोगिता

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ४ गते २०:२२

४ असार, काठमाडौं । ओलम्पिक डे को अवसरमा ९० वर्ष माथिकाे ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

ओलम्पिक डे को अवसरमा ललितपुरस्थित रिभाइभ लिजर पार्कमा फ्रेण्डसिप ब्याडमिन्टन प्रतियोगिता आयाेजना भएकाे हाे । रिभाइभ लिजर पार्ककै आयाेजनामा भएको प्रतियोगितामा २० टिमको सहभागिता रहेको थियो ।

डबल विधामा भएको प्रतिस्पर्धामा एक टिमका दुई खेलाडीको उमेर जाेडेर ९० वर्ष भन्दा माथि हुनुपर्ने व्यवस्था थियो ।

प्रतियोगितामा पूर्व मन्त्री बसन्त नेम्वाङ लगायत सहभागी थिए । प्रतियोगितामा ध्रुव गुरुङ र शुभ पाख्रिनकाे जोडी पहिलो हुँदा देवेन्द्र दुलाल र खेमराज भट्टको जोडी दोस्रो भए । यस्तै मणि कन्दवा र साङ्बु शेर्पा तथा केशव पाैडेल र तेज लामाको जाेडी संयुक्त तेस्रो भए ।

प्रतियोगितामा सहभागी खेलाडीलाई नेपाल ओलम्पिक कमिटीले सर्टिफिकेट तथा शीर्ष तीनमा रहनेलाई मेडल प्रदान गरिएकाे थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?