
५ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थितिलाई संसदीय समितिको अपमान गरेको भन्न नमिल्ने बताएका छन् ।
समिति सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्री अनुपस्थित हुँदा अपमान गरेको महसुस भएको बताएपछि कांग्रेस सांसदहरुले देउवाको बचाउ गरेका हुन् ।
नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बोलाउँदा अनुपस्थित भएको विषयलाई समितिकै अपमानका रुपमा नलिन आग्रह गरिन् । ‘अपमान’ भन्ने शव्द उचित नभएको बताउँदै उनले भनिन्, ‘हामीले बोलाउँदा उहाँ आउनुपर्छ । तर प्रधानमन्त्रीको समय के भयो त्यस आधारमा बुझ्नुपर्छ ।’ अपमान नै भन्ने शब्द प्रयोग नगर्न उनले आग्रह गरिन् ।
नेपाली कांग्रेसका अर्का सांसद दिव्यमणी राजभण्डारीले पनि एउटा बैठकमा कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेको विषयलाई अपमानकै रुपमा लिन नहुने बताए ।
प्रतिक्रिया 4