+
+

‘महँगीले भान्सामै हान्यो’

आम्दानी ५००, खर्च हजार रुपैयाँ भएपछि कसरी जीवन चल्छ रु अनुमान गरेको रासन खर्चले हरेक महिना नधान्ने अवस्था छ, यसरी कति दिन चल्छ ! आम्दानी भएन भनेर मूल्य बढाऔं ग्राहक आउँदैनन् । महँगीले हामीलाई न अघि बढ्ने न पछि हट्ने अवस्थामा ल्याइपुर्‍यायो ।

रेनुका देवकोटा रेनुका देवकोटा
२०७९ असार ६ गते ९:४१

म केही वर्षदेखि जीविकोपार्जनका लागि सानो खाजा पसल चलाउँछु । विष्णुमती कोरिडोरको बाटो भएर हिंड्ने मानिस, छेवैको मोटरसाइकल ग्यारेज, भित्रपट्टि रहेका केही कारखानामा काम गर्नेहरू मेरो पसलका ग्राहक हुन् ।

उसिनेको अण्डा, चना, चिया र चिसो मेरो पसलमा पाइन्छ । पहिले जागिर गर्थें जागिरबाट घर चल्दैन भन्ने भएपछि सानै लगानी गरेर भए पनि आफ्नै काम गरौं भनेर मैले यो काम थालेकी हुँ ।

विगतका केही वर्ष सहज भए पनि यो वर्ष भने मेरो खाजापसल महँगीको चपेटामा परेको छ । मेरो सानो भान्सामा एक वर्षमा नमहँगिएको कुनै वस्तु छैन । भान्सा मात्रै होइन, मैले दिनभरि प्रयोग गर्ने कुनै वस्तुको मूल्य सस्तो भएको छैन ।

पछिल्लो समय पानीको मूल्य हृवात्तै बढ्यो । मैले १०० रुपैयाँमा एक कार्टुन मिनरल वाटर किन्थें । यस्तै जारको पानी ३० रुपैयाँमा किन्थें । अहिले मिनरल वाटर एक कार्टुनको मूल्य १५० रुपैयाँ पुगेको छ । जारको पानीको मूल्य ४० रुपैयाँ बनाइएको छ ।

हामीले कार्टुन किन्दा १८ रुपैयाँ प्याकेटमा पाइने वाइवाइ चाउचाउ अहिले २० रुपैयाँ पुगेको छ । कम्पनीले केही दिन अघि खुद्रा बिक्री मूल्य २० बाट २२ रुपैयाँ बनाएर ल्याएको रहेछ । सरकारले केही दिनअघि ग्याँसको मूल्य बढायो । अण्डाको मूल्य क्रेटको ४७५ रुपैयाँ पुगेको छ ।

चिनी नै अहिले ११० रुपैयाँ पुगेको छ । खानेतेलमा महँगीले आकाश छोएको छ । कति महँगो भयो भनेर हिसाब राख्ने चलन छैन । अलिअलि बढ्यो भन्दै वास्ता नगरी बस्दा भान्सा र दैनिक खर्च अब अम्दानीले थेग्न नसक्ने भएको छ । जागिर गर्न जाऊँ महिनामा १२ हजार रुपैयाँ पनि दिन्नन् ।

महँगीले गर्दा पेट पाल्न दैनिक खर्च नै एक हजारले नपुग्ने भयो । आफैं काम गरौं न त भन्यो दिनमा ५०० पनि आम्दानी छैन ।

आम्दानी ५००, खर्च हजार रुपैयाँ भएपछि कसरी जीवन चल्छ रु अनुमान गरेको रासन खर्च योजनाले हरेक महिना नधान्ने अवस्था छ, यसरी कति दिन चल्छ ! आम्दानी भएन भनेर मूल्य बढाऔं ग्राहक आउँदैनन् । महँगीले हामीलाई न अघि बढ्ने न पछि हट्ने अवस्थामा ल्याइपुर्यायो ।

यो एक वर्षमा महँगी अचाक्ली बढेको छ । अझ सरकार फेरिएपछि महँगी छोइसक्नु छैन । अघिल्लो वर्ष अलिअलि गरेर बढ्दै थियो तर गएको साउनदेखि नयाँ सरकार आयो । त्यसपछि यसले उग्ररुप लियो । एउटा कुरामा मात्रै मूल्यवृद्धि भए पो हुन्छ सर्वत्र बढेको छ ।

हृवात्तै एकै पटक सबै वस्तुमा कसरी मूल्य बढ्छ ? किन बढ्छ रु हामी त जीविकोपार्जन गर्ने सामान्य मान्छे हौं । हामीलाई महँगीले कसरी अप्ठ्यारो बनाउँदैछ भनेर अहिलेसम्म कसैले सोधेको पनि छैन । सरकारले महँगी नियन्त्रण गर्ने काम गरेको पनि देखिन्न । उल्टै सरकारकै कारण मूल्यवृद्धि भएको सुनिन्छ । अवस्था यस्तै रहे कमाइले थप लगानी गरेर पेट पाल्ने भान्सा पनि चलाउन सक्ने अवस्था रहन्न । भाडा कसरी तिर्ने रु दैनिकी कसरी चलाउने ?

(व्यवसायी देवकोटासँग अनलाइनखबरकर्मी नवीन ढुंगानाले गरेको कुराकानीमा आधारित ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?