
काठमाडौं । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच भएको सम्झौता नवीकरण गरिएको छ । आर्थिक अवस्था कमजोर भएका महिलाहरुको उपचारका लागि भएको सम्झौतालाई दुवै पक्षले निरन्तरता दिने सहमति गरेका हुन् ।
सम्झौता नवीकरण पत्रमा सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र पाटन अस्पतालका निर्देशक प्रा. डा. रवि शाक्यले हस्ताक्षर गर्नुभएको छ । बैंकले २०७५ सालदेखि उक्त सहयोगलाई निरन्तरता दिइरहेको छ ।
निम्न आयस्तर भएका महिलाहरुलाई प्रति व्यक्ति २० हजार रुपैयाँसम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएकोमा सो सम्झौता पुनः नवीकरण गरिएको बैंकले जनाएको छ ।
सानिमा बैंकले प्रत्येक “नारी बचत खाता” बापत बैंकको तर्फबाट मासिक रु. १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएको छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग यो सम्झौता पुनः नवीकरण गर्दै आइरहेको छ ।
प्रतिक्रिया 4