+
+

धनगढीमा इन्धनको मूल्य वृद्विको विरोधमा राँके जुलुस

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ६ गते २०:०३

६ असार, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसम्बद्व अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल धनगढी उपमहानगरपालिका कमिटिले संयुक्त रूपमा राँके जुलुससहित विरोध प्रदर्शन गरेका हुन् ।

धनगढी बजारमा रहेको महालक्ष्मी विकास बैँक नजिकैबाट मुख्यमन्त्री कार्यालयसम्म राँके जुलुससहित विरोध प्रदर्शन गरेका उनीहरूले मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रधानमन्त्री शेरबहादुर देउवाविरूद्व नाराबाजी समेत गरेका छन् ।

मुख्यमन्त्री कार्यालय अगाडि आयोजना गरिएको विरोध सभालाई सम्बोधन गर्दै अनेरास्ववियुका नगर अध्यक्ष नितिस जोशीले देउवा सरकारले अचाक्ली रूपमा बृद्वि गरेको पेट्रोलियम पर्दाथको मूल्य तत्काल फिर्ता लिन माग गरे भने फिर्ता नलिएसम्म संघर्षका कार्यक्रम जारी राख्ने बताए ।

कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका नगर संयोजक अविशेक नाथ ‘लोकु’ले पनि देउवा सरकारले पटक-पटक इन्धनको मूल्य बृद्वि गरेर जनताको ढाड सेक्ने काम गरेकाले बढाएको मूल्य फिर्ता लिन माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?