+
+

काठमाडौं–४ बाट चुनाव लड्ने इन्जिनियर पोखरेलको घोषणा, नायक आर्यन सिग्देलले दिए जितको शुभकामना

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ७ गते ८:५१

७ असार, काठमाडौं । ई.आकर्षण पोखरेलले आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार बनेर चुनाव लड्ने  घोषणा गरेका छन् ।

आज बिहान काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा पोखरेलले गणितीय हिसाबले चुनावमा हार र जित देखिए पनि राजनीतिमा कहिल्यै नहार्ने बताए ।

आफूले योजना, योग्यता, क्षमता, विशेषज्ञता र विवेक गरी पाँच वटा कुरालाई आधार मानेर चुनावमा होमिएकाले आफूले राजनीतिमा जित्ने उनको विश्वास छ । ‘मैले पाँचवटा कुरालाई आफ्नो आधार मानेर अगाडि बढ्ने प्रण गरेको छु,’ उनले भने, ‘मैले मात्र होइन जुनसुकै उम्मेदवारले पनि योजना, योग्यता, क्षमता, विशेषज्ञता र विवेक, यी पाँच चिजको प्रयोग गर्ने हो भने आज जति पनि समस्या तपाईंहामीले भोगिरहेका छौं, यी समस्या भोग्न पर्दैन ।’

कार्यक्रममा नायक आर्यन सिग्देलले पनि पोखरेललाई जितको शुभकामना दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?